काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईबिएल एस क्यापिटल चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा

10.58K
shares

काठमाडौं । एनआईबिएल एस क्यापिटललाई सेयर निष्कासन तथा बिक्रि प्रवन्धकमा चौतारी लघुवित्त वित्तीय संस्था लि. ले नियुक्त गरेको छ । १०० रुपैयां प्रतिसेयरको दरमा लघुवित्तले ५ लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ ।