काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रदेश ४ को स्थायी राजधानी पोखरा, नाम चाँडै टुंगिने

10.87K
shares

प्रदेश ४ को स्थायी राजधानी पोखरा भएको छ । प्रदेशसभाको सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा उपस्थित सबै ५२ जनाले पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । त्यसअघि, छलफलमा भाग लिएका सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । मंगलबार र बुधबार प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।