काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढी–पहिरो समस्या समाधानका लागि समिति गठन

13.38K
shares

बाढी–पहिरोको समस्या समाधान गर्न कर्णाली सरकारले ११ सदस्यीय समिति गठन गरेको छ । कर्णाली सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा कर्णाली प्रदेशका सातवटा मन्त्रालयका सचिव र तीनजना विज्ञ सदस्य रहेको कर्णाली सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश बाढी–पहिरो समस्या समाधानसम्बन्धी गठनादेश २०७५ स्वीकृत गरेको थियो । बैठकले प्रदेश सभा सचिवालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । त्यस्तै, बैठकले कर्णाली प्रदेश सहकारी विधेयक, २०७५ प्रदेश सभामा पेस गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि स्वीकृति दिएको छ ।