global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ब्राजिल भर्सेस स्वीजरल्याण्ड, कसले मार्ला बाजी ?

ब्राजिल भर्सेस स्वीजरल्याण्ड, कसले मार्ला बाजी ?

ब्राजिल भर्सेस स्वीजरल्याण्ड, कसले मार्ला बाजी ?

विश्वकप फुटबलअन्तर्गत आज राति ब्राजिल र स्वीजरल्याण्ड भिँड्दैछन् । समूह ‘इ’ अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

पाँच पटक विश्वकप उचालिकसकेको भएपनि ब्राजिललार्इ स्वीजरल्याण्ड भारी पर्न सक्छ । पछिल्ला २२ खेलमध्ये मात्र एक खेलमा हारेको स्वीजल्याण्डसँग ग्रानिट जाका र जेदान साकिरीजस्ता स्टार खेलाडी छन् । यो टोली फिफाको विश्व वरियतामा छैटौँ स्थानमा छ । छनोटको १० खेलमध्ये ९ खेलमा उत्साहजनक नतिजा निकालेपनि स्वीजरल्याण्डलाई प्लेअफमा पर्न निकै गार्हो परेको थियो । स्वीस टोलीलाई प्रतियोगितामा स्पेनले १–१ को बराबरीमा रोकेपनि पछिल्लो खेलमा जापानलाई २–० ले पराजित गरेको थियो ।

यति हुँदा हुँदै पनि ब्राजिललाई पन्छाउनु स्वीस टोलीका लागि फलामको चिउरा चपाउनुजस्तै हुनेछ । पाँच पटकको विश्वविजेता ब्राजिलसँग विश्वप्रख्यात खेलाडी छन्, जसले फर्वाड र डिफेन्स दुबैतिर भ्याउन सक्छन र अब्बल छन् । त्यसो त आफ्नै घरेलु मैदानमा जर्मनीसँग बेहोर्नुपरेको लज्जास्पद हार भुलाउन पनि ब्राजिल यसपटक शानदारसँग अघि बढ्न चाहान्छ ।

ब्राजिलसँग ब्राजिल विश्वकप खेलेको नेयमारसहित ६ खेलाडी समावेश छन् । अन्य खेलाडी विश्वकपका लागि नयाँ हुनेछन् । यसअघिका खेललाई विश्लेषण गर्दा ब्राजिलको अट्याकिङ र डिफेन्स दुबै बलियो देखिएको छ । स्मरणीय छ, हिजोको खेलमा अर्जेन्टिनाको अग्रपंक्ति राम्रो भएपनि डिफेन्स फितलो थियो र बराबरीमा रोकिनुपर्यो । तर, ब्राजिलसँग अग्रपंक्ति र रक्षापंक्ति राम्रो छ । स्वीजरल्याण्डले गोलमाथि प्रभाव कति राख्न दिन्छ, यसले प्रतिस्पर्धालाई रोचक बनाउनेछ ।

त्यसाे त, ब्राजिलले विश्वकपको पहिलो खेलमा अहिलेसम्म हार्नुपरेको छैन । सबै संस्करणको विश्वकपमा सहभागि एकमात्र टोली ब्राजिलले यसपटक पनि त्यो इतिहास दोहोर्याउनेमा उसका समर्थक आसावादी छन् । ब्राजिलियन स्टार स्ट्राईकर २६ वर्षीय नेयमार पनि चोट मुक्त भएर मैदान उत्रिएका छन् । विश्वकप तयारीको अभ्यास खेलमा नेयमारले अष्ट्रेलियाविरुद्धको खेलमा गोल समेत गरेका थिए ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु