काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

1.18K
shares

ai logo सारांश

  • यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
  • क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।
  • नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो ।

काठमाडौँ – ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो । नेपाल आज युएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । उता युएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र युएईबीचका अन्तिमपटक सन् २०१९ मा प्रतिस्पर्धा भएको थियो । उक्त एसिया कप खेलमा नेपालले युएईलाई १६० रनले हराएको थियो । नेपाल आज पनि सोही इतिहास दोहोर्‍याउने लक्ष्यमा छ ।