काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

1.22K
shares

ai logo सारांश

  • किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।

“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन् । उनले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताए ।

पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै उनले नारी शक्तिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । “स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता”, उनले भने ।

मुख्यमन्त्री थापामगरले धार्मिक आस्था र दैनिक व्यवहारमा एकरूपता हुनुपर्ने उल्लेख गर्दै महिलाको सम्मानलाई पूजा र शुभकामनामा मात्र सीमित नराख्न आग्रह गरेका छन् । उनले नारी सम्मानको सन्देश बोकेको तिहार महिला उत्थानको आधार बन्ने विश्वास व्यक्त गर्दै लक्ष्मीपूजाका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।