गृहपृष्ठ विश्वकपमा आज तीन खेल, कति बजे ?
विश्वकपमा आज तीन खेल, कति बजे ?
विश्वकप फुटबल अन्तर्गत आज तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिका र सर्बियाबीच हुनेछ । नेपाली समय अनुसार यो खेल साँझ पौने ६ बजे समारा एरिनामा हुनेछ ।
दोस्रो खेलमा साबिक विजेता जर्मनी मेक्सिकोसँग भिँड्नेछ ।
समूह एफ अन्तर्गतको यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोमा रहेको लुज्निक रंगशालामा हुनेछ ।
यस्तै आजको अन्तिम खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूह ई अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।
प्रकाशित समय : १४:१५ बजे




















