गृहपृष्ठ नेपाल आर्इसीसीको एकदिवसीय वरीयतामा समावेश
नेपाल आर्इसीसीको एकदिवसीय वरीयतामा समावेश
काठमाडौँ- नेपाल आर्इसीसीको एकदिवसीय वरीयतामा समावेश भएको छ । जुन १ देखि नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड र युनाइटेड अरब एमिरेट्स (यूएई) एकदिवसीय वरीयतामा समावेश भएका हुन् ।
नेपालसहित चारै राष्ट्र १२ शीर्ष एकदिवसीय टोलीसँगै एमआरएफ टायर्स आर्इसीसी एकदिवसीय टोली वरीयतामा समावेश भएको आर्इसीसीले जनाएको छ । नेदरल्यान्डले आर्इसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता सुरक्षित गरेको थियो भने नेपाल, स्कटल्यान्ड र यूएईले आर्इसीसी क्रिकेट विश्वकप क्वालिफायरमा शीर्ष तीन स्थान ओगट्दै एकदिवसीयमा स्थान पाएका थिए ।
प्रकाशित समय : १८:२४ बजे


















