गृहपृष्ठ सात लाख नगदसहित हुण्डीको कारोबार गर्ने दुर्इजना पक्राउ
सात लाख नगदसहित हुण्डीको कारोबार गर्ने दुर्इजना पक्राउ
काठमाडौं- हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले दुर्इ जनालार्इ पक्राउ गरेको छ । रौतहटको गौर खतुवा स्थायी घर भई ललितपुर सानेपा बस्ने २४ वर्षीय दिपेशकुमार यादव र २४ वर्षीय राजनकुमार गुप्तालाई नगद ७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा अवैध हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सोधपुछका क्रममा भारत घर भई कालीमाटी बस्ने रोहित पटेललाई १० लाख रुपैयाँ दिएको बताएपछि प्रहरीले पटेलको डेरा तलासी गर्दा १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी फेला पारी बरामद गरेको छ । पटेललाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:३९ बजे


















