काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा

441
shares

क्रिस्मस् (आईल्याण्ड) । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै सुरु हुने यो प्राकृतिक दृश्यले टापुका सडक, जंगल र बस्तीका आसपासका क्षेत्र राताम्मे बनेका छन् ।

प्रजननका लागि समुद्रमा पुग्नुपर्ने भएकाले यी गंगटाहरू ठुलो समूहमा जंगलबाट बाहिर निस्केर समुद्री तटतर्फ अघि बढ्छन् । यस क्रममा सडक काट्दै यात्रा गर्ने गंगटाका कारण कतिपय सडकमा सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।

हालै सार्वजनिक भएको दृश्यमा सयौँ रातो गंगटाहरू एकैसाथ सडक पार गर्दै समुद्रतर्फ अघि बढिरहेको देखिन्छ । उनीहरूको सामूहिक यात्राले क्रिसमस टापुलाई अनौठो प्राकृतिक दृश्यमा परिणत गरेको छ ।

यो यात्रा सुरु हुने समय निर्धारणमा वर्षायामको पहिलो वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसै गरी चन्द्रमाको अवस्था र समुद्री ज्वारभाटाले पनि गंगटाहरूको समुद्रतर्फको यात्रालाई प्रभाव पार्ने गर्छ ।

समुद्रमा पुगेपछि पोथी गंगटाहरूले अण्डा छाड्छन् । त्यसपछि निस्कने साना लार्भाहरू समुद्रमा हुर्कने प्राकृतिक जीवनचक्रको हिस्सा बन्छन् ।

क्रिसमस टापु विश्वमै रातो गंगटाको वार्षिक सामूहिक बसाइँ सराइका लागि प्रसिद्ध छ । यो अस्ट्रेलियाको सबैभन्दा आकर्षक प्राकृतिक घटनामध्ये एक मानिन्छ ।