देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि
वि.सं.२०८३ मंसिर २ बुधवार ०७:४३
shares

बागलुङ। बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।
समितिले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन् ।
जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार रु तीन लाख का दरले ५४ लाख उपलब्ध गराएको थियो । ती परिवारले लालपूर्जासहित घर प्राप्त गरेपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

























