काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

5.31K
shares

विराटनगर । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।  नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो ।

संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका बिषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पु¥याउन सकिने बताएका थिए ।

जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए ।

उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्। सोक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए ।