काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

1.11K
shares

हुम्ला। अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ ।

विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको तथा त्यस क्रममा उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले बताए ।

उक्त विद्यालयका शिक्षक अखिल भण्डारीले ५० हजार तथा आफूले रु २५ हजार प्रदान गरेको जानकारी दिँदै उनले सबैभन्दा बढी रकम वडा नं ३ बाट प्राप्त भएको बताए ।