गृहपृष्ठ पाल्पा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

पाल्पा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

पाल्पा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

काठमाडौं- पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार मृतकमध्ये १२ जनाको सनाखत भइसकेको छ भने दुर्इ जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु