काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

24.19K
shares

आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व ।  तिथिको हिसाबले आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । असार महिनाभर खेतीपातीको कामबाट थकित कृषकले हिलोमैलो पखाली आज इष्टमित्रका साथ रमाइलो गर्ने प्रचलन छ ।

असारको हिलोबाट रोग लाग्न सक्ने खतरा रहेकाले रोगबाट बच्न राति लुतो फाल्ने प्रचलन छ । विभिन्न प्रकारकाक वनस्पतिसँगै अगुल्टो र राँको बालेर लुतो फाल्ने गरिन्छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता वनस्पति बाल्ने गरिन्छ । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिंकी कुट्ने र घरको ढोका समेत बन्द गरिन्छ ।

साउन महिनालाई हरियो महिनाको रुपमा समेत मनाइन्छ । महिलाहरुले हरियो चुरा तथा मेहन्दी लगाउने प्रचलन छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ । साउनको सोमबार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् । आज बिहानै देखि पशुपति, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत शिवालयमा भक्तजनको घुइचो लागेको छ ।