गृहपृष्ठ वाइवाइ चाउचाउलाई काउन्टर दिँदै दुई ब्राण्डका चाउचाउ
वाइवाइ चाउचाउलाई काउन्टर दिँदै दुई ब्राण्डका चाउचाउ
नेपाली बजारमा दुई वटा ब्राण्डका चाउचाउ अाउने भएका छन् । अहिले बजारमा भएका चाउचाउभन्दा बढी गुणस्तर प्रदान गर्दै फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसिजी) उद्योगमा रहेको कावरा समूह र झापाका ६ उद्योगीले मनसा थाईफूड नामको उद्योगबाट चाउचाउ ल्याउन लागेका हुन् ।
उनीहरुले ल्याउने चाउचाउ खासगरी चौधरी ग्रुपको वाइवाइसँग प्रतिस्पर्धात्मक हुने बताइएको छ । हाल वाइवाइ चाउचाउन नेपालको नम्बर वान ब्राण्डका रुपमा स्थापित छ ।
कावराको ‘क्वालिटी’ ब्राण्डमा दशै अघि चाउचाउ आउने छ भने साउनभित्र मनसाको मगमग ब्राण्डको चाउचाउ बजारमा पाइनेछ ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्सले आठ घण्टामा ३ लाख पाकेट चाउचाउ उत्पादन गर्ने लक्ष्य लिएको छ । झापाका ६ उद्यमीको संयुक्त लगानीमा स्थापनाभएको मनसा थाई फुडले साउन महिनाभित्र ‘मगमग’ ब्रान्डको चाउचाउ ल्याउने छ। मनसा थाईमा परशुराम अग्रवाल, अजय अग्रवाल, ओम अग्रवाल, नितेश अग्रवाल, गणेश प्याकुरेल र शारदादेवी गोयल लगानीकर्ताका रुपमा छन् ।
प्रकाशित समय : १६:३४ बजे




















