global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओम बैंकका सेयरधनीले समेत ओम हस्पिटलमा छुट पाउने

ओम बैंकका सेयरधनीले समेत ओम हस्पिटलमा छुट पाउने

ओम बैंकका सेयरधनीले समेत ओम हस्पिटलमा छुट पाउने

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ सेवा शुल्कमा छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार ओम बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका सेवाग्राही र सेयरधनीले अस्पतालले प्रदान गर्ने स्वास्थ सेवा शुल्कमा छुट पाउनेछन् ।

अस्पतालले मेडिकल, अपरेसन, ल्याब, बेड, प्याथालोजी, भिडियो एक्स-रे, सिटी स्क्यान, ईसीजी, ईको जाँच, डेन्टल उपचार तथा अन्य विभिन्न स्वास्थ सेवा शुल्कमा छुट दिनेछ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र अस्पतालको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु