काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पर्वतारोही कामिरिता शेर्पाको ‘कथा यात्रा’लार्इ वृज सिमेन्टको सहयोग

7.97K
shares

पर्वतारोही कामिरिता शेर्पाको ‘सगरमाथा कथा यात्रा २०१९’ लार्इ वृज सिमेन्ट इन्डस्ट्रिजले सहयोग गर्ने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल शेर्पालाई कथा यात्रामा वृज सिमेन्ट र पुष्पतारा केडिया फाउन्डेसनले सहयोग गर्ने भएका हुन् ।

शेर्पाले सन् २०१९ मा ‘सगरमाथा कथा यात्रा २०१९’ आयोजना गर्दै छन् । अभियानअन्तर्गत शेर्पाले सगरमाथावरिपरिका बस्तीको यात्रा गरी हिमाली भेगका कथा संकलन गर्नेछन् । सगरमाथावरिपरिका बस्ती र विशेषगरी शेर्पा समुदायको सांस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथालार्इ विश्वसामु चिनाउनु कथा यात्राको मुख्य उद्देश्य रहनेछ । कथा यात्रामा सगरमाथा क्षेत्रको फोहोर तथा जलवायु परिवर्तनले स्थानीय बस्ती तथा पर्यटन व्यवसायमा परिरहेको नकारात्मक प्रभाव पनि समेटिनेछ । त्यस्तै, २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पपछिका पुनर्निर्माणका कथा पनि अभियानमा समेटिनेछ ।

कथा संकलनका लागि आधुनिक प्रविधिको प्रयोग गरिनुको साथै नक्सामा कथा राख्ने स्ट्रिट भ्यु अभियान थालनी गरिनेछ, जसका लागि स्टोरी साइकलसँग सहकार्य भएको कम्पनीले जनाएको छ । आरोही शेर्पा वृज सिमेन्टद्वारा उत्पादित वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको ब्रान्ड एम्बेस्डर पनि हुन् ।

कार्यक्रममा पुष्पतारा केडियाका अध्यक्ष एवं वृज सिमेन्टका प्रबन्ध निर्देशक मनोजकुमार केडियाले शेर्पालाई बधाई दिँदै नेपालको विकास र समृद्धिका साथै सामाजिक उत्तरदायित्वका कार्यमा सधैं सहयोग गर्न केडिया अर्गनाइजेसन तत्पर रहेको बताए ।