गृहपृष्ठ हारको कारक नेतृत्व : जिल्ला सभापति
हारको कारक नेतृत्व : जिल्ला सभापति
हेटौंडास्थित पल्पसा हलमा मंगलबारदेखि सुरु भेलामा जिल्ला सभापतिहरुले नेतृत्वको आलोचनामा धेरै समय खर्चिएका छन् । अधिकांश जिल्ला सभापतिहरूले तीन वटै तहका निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको दोष केन्द्रीय नेतृत्वलाई दिएका छन् ।
निर्वाचनको समिक्षा लगायतका विषयलाई समेटेरे आयोजना गरिएको जिल्ला सभापतिहरुको भेलामा सहभागीमध्य अधिकांशले नेतृत्वको आलोचना गरेका छन् । सीमित जिल्ला सभापतिहरुले नेतृत्वको पक्षमा वकालत गरेका भएपनि उनीहरु रक्षात्मक देखिएका थिए ।
जिल्ला सभापतिहरुले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसके अर्को चुनावमा अझै नराम्रो परिणाम बेहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् । भेलामा कांग्रेसको संस्थापन पक्ष रक्षात्मक देखिएको छ । यससँगै नेतृत्व परिवर्तनको पक्षमा बहस चलाएका नेताहरुलाई अझ हौसला मिलेको छ ।
पार्टीभित्रको अन्तर्विराेधका कारण अपवेक्षित चुनावी परिणाम नआएको कतिपयको निष्कर्ष छ भने कतिपयले कम्युनिष्ट एकतालाई पनि हारको कारणका रुपमा अर्थ्याएका छन् । भेलामा प्रस्तुत भएका सुझावहरु समेटेर भोलि हेटौँडा घोषणापत्र जारी गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रकाशित समय : ००:३६ बजे



















