global ime bank Long Banner Ad

गृहपृष्ठ साइप्रसमा  डुंगा दुर्घटना, १९ को मृत्यु, ३० बेपत्ता

साइप्रसमा  डुंगा दुर्घटना, १९ को मृत्यु, ३० बेपत्ता

साइप्रसमा  डुंगा दुर्घटना, १९ को मृत्यु, ३० बेपत्ता

 

शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अन्य ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थिए । तीमध्ये एक सय जनालाई उद्धार गरिसकिएको छ । ‘दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ, २५ देखि ३० जनासम्म हराइरहेका छन्,’ एक सुरक्षा अधिकारीले भने ।

गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।

प्रकाशित समय : ०२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु