गृहपृष्ठ सिद्धबाबाको कुहिरे भिरमा महासेठको ४५ मिनेट
सिद्धबाबाको कुहिरे भिरमा महासेठको ४५ मिनेट
कृष्ण खनाल
बुटवल– बुधवार विहान ९ बजे बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा सडक खण्डमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ उपस्थिति भए । उक्त समयमा रातभर पानी परेको कारण तिनाउमा पानीको बहाव बढेको थियो ।
मन्त्री महासेठले केही दिन पहिला पहिरो खसेर मृत्यु भएको हडवक्स नजिकै गएर अबलोकन समेत गरेका छन् । उनले विहान ९ बजे देखि करिव ४५ मिनेट सिद्धबाबा सडक खन्डमा विताएका हुन् । निरिक्षण पश्चात पटक पटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था नहुने मन्त्री महासेठको भनाई रहेको थियो ।
मन्त्रालयका सचिव समेत सहभागी टोलीले बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा निरिक्षण गरेको हो । सिद्धबाबा क्षेत्रको स्थलगत निरीक्षणका लागि आएका मन्त्री महासेठले सरकारले सडक व्यवस्थापनका लागि बजेट व्यवस्था गरीसकेको जानकारी दिए ।
उनले यसको विस्तृत अध्ययन गरी उपयुक्त प्रविधिको प्रयोगबाट जनतालाई सास्तीबाट मुक्त गराउने बताए । प्रारम्भिक कार्य आजैबाट सुरु भएको उल्लेख गर्दै उनले सडक व्यवस्थापनका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुरुङ्ग मार्गको प्रस्ताव गरेको जानकारी दिए ।
प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले बुटवल–पाल्पा सडकखण्डको २.८ किलोमिटर सडक जोखिमपुर्ण रहेको जानकारी गराएका थिए । त्यसैगरी जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले पछिल्लो १० वर्षमा यो क्षेत्रमा ७० जनाको मृत्यु र सयौं घाइते भएको जानकारी गराएका थिए ।
प्रकाशित समय : १९:२२ बजे



















