global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बालाजु उद्यानमा फ्रि वाई फाई

बालाजु उद्यानमा फ्रि वाई फाई

बालाजु उद्यानमा फ्रि वाई फाई

काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित बालाजु बाइसधारा उद्यानमा अब पर्यटकले फ्रि वाइ फाई सुविधा लिन पाउने भएका छन् । काठमाडौं महानगरपालिका बालाजु बाइसधारा कार्यालयले पूर्ण रुपमा वल्र्ड लिङ्कको फ्रि वाइ फाई सञ्चालनमा ल्याएको हो ।

अब बालाजु बाइसधारा घुम्न जाने हरेक बाह्य एवं आन्तरिक पर्यटकले उद्यानमा गएर आफ्नो मोबाइल अन गरेपछि वाइ फाई वल्र्ड लिङ्कमा कमेन्ट साइनिङ वल्र्ड वाई फाई देखाउँछ । त्यहाँ आफ्नो मोबाइल नम्बर राखेपछि जेनेरेट कोड देखाउँछ । जेनेरेट कोड क्लिक गरेपछि स्वतः मोबाइल म्यासेज बक्समा पासवर्ड आउँछ । पासवर्ड राखेपछि निःशुल्क आधा घण्टा फ्रि वाइ फाई चलाउने व्यवस्था गरिएको बालाजु बाइसधारा कार्यालयले जनाएको छ ।

दश घण्टापछि त्यही प्रोसेसमा फेरि फ्रि वाई फाई चलाउन पाइने छ । थकान मेट्न सार्वजनिक स्थल अत्यन्त कम भएको अवस्थामा यस्ता भएका सार्वजनिक स्थललाई संरक्षण गरी सुविधा सम्पन्न बनाउने उद्देश्य अनुरुप यस्तो सुविधा दिन लागिएको बालाजु बाइसधारा कार्यालयले जनाइएको छ ।

प्रकाशित समय : ०२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु