global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुन तस्करहरुको अनौंठो उपाय पनि लुकेन प्रहरीबाट

सुन तस्करहरुको अनौंठो उपाय पनि लुकेन प्रहरीबाट

सुन तस्करहरुको अनौंठो उपाय पनि लुकेन प्रहरीबाट

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो ८ सय ६० ग्राम सुनसुनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सुन तस्करीको नयाँ उपाय अपनाएका उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले बताए । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८–८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए । शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । उनीहरुले लुकाएर ल्याएको सुन चिकित्सकको सहयोगमा निकालिएको छ । बरामद सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।

प्रकाशित समय : ०२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु