global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल ग्रामोद्योगका चार उत्पादन बजारमा

नेपाल ग्रामोद्योगका चार उत्पादन बजारमा

नेपाल ग्रामोद्योगका चार उत्पादन बजारमा

नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने प्रतिबद्धतासहित नेपाल ग्रामोद्योगले नेपाली बजारमा चार कृषि उत्पादन ल्याएको छ । नेपाली कृषि उत्पादनको प्रवर्धनका लागि ग्रामोद्योगले तोरीको तेल, बास्मती चामल, विभिन्न थरीका ११ अचार र चिउरा शुक्रबारदेखि बजारमा ल्याएको हो ।
नेपाल ग्रामोद्योग सयौं प्रकारका खाद्यान्न, सौन्दर्य, पेय पदार्थ एवं विभिन्न प्रकारका कृषि सामग्री ल्याउने तयारी गरेको छ । कम्पनीले कृषिलाई प्रांगारिक र दीर्घकालीक बनाउँदै कृषकलाई स्वाभलम्वी, सुखी र समाजप्रति उत्तरदायी बनाउनुका साथै प्रकृतिको संरक्षण गर्ने अठोट लिएको जनाएको छ ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु