गृहपृष्ठ ५६ बालविकास केन्द्रलाई सामग्री प्रदान
५६ बालविकास केन्द्रलाई सामग्री प्रदान
राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसार्इ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ । कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढी प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रम अन्तर्गत बालमैत्री बसार्इ व्यवस्थापनका लागि सामग्रीहरु उपलब्ध गराएको हो ।
क्लबले २८ केन्द्रलाई कार्पेट, ३२ केन्द्रलाई पी फम र ५६ केन्द्रलाई कुशन गरी कुल रु ९ लाख १६ हजार ५४३ बराबरको सामग्री उपलब्ध गराएको हो । जिल्लामा बाढी प्रभावित बालबालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन परियोजनामार्फत सो गाउँपालिकाका विद्यालय र बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो । अरु ३६ वटा विद्यालयमा मर्मत सम्भारको कार्य समेत सम्पन्न गरिसकिएको क्लबका अध्यक्ष परबेज अली सिद्दिकीले जानकारी दिए ।
(रासस)
प्रकाशित समय : १७:५५ बजे


















