गृहपृष्ठ ओली सरकारकाे निर्णयविरूद्ध आयुर्वेद व्यवसायी सडकमा

ओली सरकारकाे निर्णयविरूद्ध आयुर्वेद व्यवसायी सडकमा

ओली सरकारकाे निर्णयविरूद्ध आयुर्वेद व्यवसायी सडकमा

औषधि व्यवस्था विभागले तयार पारेको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै आयुर्वेद व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । भारतबाट आयूर्वेद औषधि आयात गर्न रोक लगाउने व्यवस्थासहितको कार्यविधि विभागले तय गरेपछि तत्काल खारेज गर्न माग गर्दै आयूर्वेद व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन ।

बुधबार बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका उनीहरुले कार्यविधि तत्काल खारेज नगरे आन्दोलन थप कडा पार्ने चेतावनी दिए ।

भारतबाट आयुर्वेद औषधि नल्याए आफूहरुको व्यवसाय चौपट्ट हुने संघका अध्यक्ष लोकेन्द्र चापागाईँले बताए । नेपाली बजारमा भारतीय कम्पनीबाट आयातित आयुर्वेद औषधिले ९० प्रतिशत हिस्सा ओगटेको छ । यस्तो अवस्थामा सरकारले आफूहरुको व्यवसाय नै समाप्त हुने गरी बनाइएको कार्यविधि तत्काल खारेज गर्नुपर्ने चापागाईंको भनाइ छ ।

सरकारले कार्यविधि बनाउँदा आफूहरुलाई बेवास्ता गरेको भन्दै संघले आक्रोश पनि व्यक्त गरेको छ । नेपालमा हाल २६ वटा आयुर्वेद औषधि कम्पनी छन् । ती कम्पनीले नेपालको माग धान्न सक्ने गरी औषधि उत्पादन गर्न सक्ने भएपछि मात्रै भारतीय कम्पनीका औषधि आयात गर्न रोक लगाउनुपर्ने संघको माग छ ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु