गृहपृष्ठ शिक्षामन्त्री भन्छन्– सरकारले १२ कक्षासम्म निशुल्क पढाउँछ
शिक्षामन्त्री भन्छन्– सरकारले १२ कक्षासम्म निशुल्क पढाउँछ
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले माध्यामिक तहको शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाउने बताएका छन् । यसका लागि सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनको भनाइ छ । बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकमा उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य र साझेदारीमा अन्तर्राष्ट्रिय रुपको कमकक्षी शिक्षाको व्यवस्था गरिनेछ ।’
उनले विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई हस्तान्तरण गर्न आवश्यक नीतिगत तथा संरचनागत तयारीको कामलाई तीव्रता दिइएको दाबी पनि गरे । मन्त्री पोखरेलले प्राविधिक र व्यवसायिक शिक्षाको व्यापक विस्तारका लागि नीतिगत निर्णय लिन ढिलाइ नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सरकार सुशासनको माध्यामबाट मुलुकको शिक्षा क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउन केन्द्रित रहेको बताए ।
प्रकाशित समय : २१:२५ बजे


















