गृहपृष्ठ मेडिसिटी–एल सम्मेलन सम्पन्न

मेडिसिटी–एल सम्मेलन सम्पन्न

मेडिसिटी–एल सम्मेलन सम्पन्न

ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट सुरु भएको ब्रेस्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ । ‘उपचार, पुनःस्थापना र भविष्यका आधारहरु’ मूल नारासहित आयोजित सम्मेलनमा २०० भन्दा बढी क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिस्टहरुको सहभागिता थियो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालबाट विदेशमा गएर केही चिकित्सकले ज्ञान हासिल गर्नु र विदेशका चिकित्सक नेपाल आएर ज्ञान-अनुभव साटासाट गर्नुमा निकै ठूलो फरक पर्ने भएकाले यस किसिमका सम्मेलनको महत्व अत्यधिक रहेको बताए । महतोले स्तन क्यान्सरको न्यूनीकरण र विश्वस्तरीय उपचारका लागि मेडिसिटी सक्षम रहेको जानकारी गराए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्मेलनले मेडिसिटीका चिकित्सकलाई मात्र नभई मुलुकभरका क्यान्सर रोग विशेषज्ञलाई समेटेको बताए । क्यान्सर रोगको जनचेतना र उपचारलाई दूरदराजमा पुर्याउने उद्देश्य प्राप्तिका लागि सम्मलेलन एक हातोमालो हुने विश्वास उनको छ ।

अमेरिकास्थित विश्वप्रसिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गरिरहँदा क्यान्सर रोग विशेषज्ञ, शल्य चिकित्सक, फिजिसियन र रेडियोलोजिस्टहरुले धेरै ज्ञान र अनुभव साटासाट गर्ने अवसर पाएको बताए । अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रिनविच र एल न्यु हेभेन अस्पतालका डा. बार्बरा वार्ड, डा. बेरी बौइड, डा. अस्वथा नारायण, डा. पउल वेटर्स र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता थियो ।

सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको प्रत्यक्ष अवलोकन गराइएको थियो । यससँगै न्यु योर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा बृहत अन्तक्र्रियासमेत गरियो । सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसँग सम्बन्धित सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित समय : २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु