गृहपृष्ठ हेलो मुख्यमन्त्रीज्यू ! मेरी आमाको हत्यारालाई कारबाही होस्
हेलो मुख्यमन्त्रीज्यू ! मेरी आमाको हत्यारालाई कारबाही होस्
– सीता वली
सुर्खेत– कर्णाली प्रदेशमा हेलो हटलाइन सेवा बिहीबारदेखि सुरु भएको छ । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलो हटलाइन सेवा र सरकारको वेबसाइट उद्घाटन गरेका हुन् ।
हटलाइन सुरु हुनेबित्तिकै मुख्यमन्त्री शाहीलाई नरहरिनाथ गाउँपालिका–९, कालीकोटका प्रेम सार्कीले आºनी आमा मना सार्कीको हत्यारालाई कारबाही गर्न माग गरे । यस्तै, रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक बाँठामगरले त्रिभुवन जनता आधारभूत मावि र साना सहकारी खानेपानी आयोजना निर्माण कार्यमा चरम लापर्बाही भएको गुनासो गरे ।
प्रदेशका सबै मन्त्रालय र मुख्य कार्यालय गरी १० वटा कार्यालयको उद्घाटन मुख्यमन्त्री शाहीले गरे । अबदेखि कर्णालीका जनताले प्रत्यक्ष मुख्यमन्त्री कार्यालयमा निःशुल्क हटलाइन नम्बर १०९६ मा फोन गरेर आºना गुनासा, समस्या र सरकारलाई सुझाव दिन सक्नेछन् । त्यस्तै कर्णाली प्रदेशको वेबसाइट www.karnali.gov.np मा सरकारका गतिविधि हेर्न सक्नेछन् ।
कर्णाली प्रदेश सरकारको वेबसाइटमा ७९ वटा स्थानीय तह र अन्य सबै प्रदेशको लिंकसमेत जोडिएको छ । कार्यक्रममा मुख्यमन्त्री शाहिले जनतालाई सूचनाको पहुँचमा पु¥याउन र जनताका गुनासा छिटोभन्दा छिटो सुनुवाइ गर्न यी सेवा प्रभावकारी हुने बताए । ‘अनकन्टार ठाउँमा बसेका जनतालाई सुसूचित गराउनका लागि र जनताका गुनासा छिटो सुन्नका लागि हेलो हटलाइन सेवा प्रभावकारी हुनेछ,’ उनले भने, ‘योजना निर्माणका लागि जनताका सुझावको पनि सरकारले अपेक्षा गरेको छ ।’
कर्णाली प्रदेशका प्रत्येक स्थानीय तहमा अबको पाँच महिनाभित्र इन्टरनेट सुविधा पु¥याउने मुख्यमन्त्री शाहीले जानकारी गराए । ‘कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेश बनाउने योजनाअनुरुप अबको पाँच महिनाभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवा सुरु हुनेछ,’ उनले भने, ‘एफएम रेडियोको पहँुचमा जनतालाई पु¥याउन एफएम खोलिनेछ र प्रत्येक स्थानीय तहमा इन्टरनेट सेवा पुर्याइनेछ ।’
प्रकाशित समय : ००:४१ बजे


















