गृहपृष्ठ गुराँस लाइफको जीवन बिमा गोष्ठी

गुराँस लाइफको जीवन बिमा गोष्ठी

गुराँस लाइफको जीवन बिमा गोष्ठी

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स तथा पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा प्रदेश ४ को राजधानी पोखरामा एक दिवसीय सेमिनार सम्पन्न भएको छ । गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई तथा पोखरा विश्वविद्यालयका डिन प्रा. हरीबहादुर खड्काको प्रमुख आतिथ्य एवं कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको सो कार्यक्रमा पौडेलले बिमा योजना आधुनिक आवश्यकताअनुरूप भएमा यसको बजारीकरणमा सहज हुनेमा जोड दिए ।
त्यसैगरी समग्र जीवन बिमाको बजार तथा नेपालमा यसको अवस्थाबारे पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको मागअनुरूप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकताअनुरूप सम्बन्धित निकायको सहर्कायमा पाठ्यक्रम परिर्माजन गरी समय सापेक्ष बनाउनेमा जोड दिएको पनि विज्ञप्तिमा उल्लेख छ । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले जीवन बिमाको प्रक्रिया तथा जीवन बिमा कम्पनीको सांगठनिक ढाँचा, दाबी भुक्तानी प्रक्रिया, अन्डरराइटिङसम्बन्धी व्यवस्था, कम्पनीको बोनस निर्धारण प्रक्रियाहरुको बारेमा सहभागीलाई प्रशिक्षण गराएका थिए । उनले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १०औं वर्ष सफलतापूर्वक पार गरी ११ वर्ष लागेको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई उच्चतम प्रतिफल दिने स्पस्ट पारे ।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु