global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

मकवानपुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

मकवानपुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

काठमाडौं-ग्लोबल आईएमई बैंकले मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा ८८औं र सोही जिल्लाकै मकवानपुरगढी गाउँपालिका – ५, धादिङ बजारमा ८९औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
चित्लाङमा खोलिएको ८८औं शाखारहित बैंकिङ सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरेका हुन् । स्थानीय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ सेवाका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । धादिङमा खोलिएको ८९औं सेवाकोे उद्घाटन मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपबहादुर घिमिरेले गरेका हुन् । त्यसैगरी, स्थानीय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ सेवाका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८९ शाखा रहित बैंकिङ सेवा, विदेशमा तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै गरिरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु