गृहपृष्ठ कलैयामा लक्ष्मी बैंकको ८५औं शाखा
कलैयामा लक्ष्मी बैंकको ८५औं शाखा
काठमाडौं- लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको कलैयामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखा थप भएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०३ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखा रहित बैंकिङ सेवा तथा ४०० भन्दा बढी मोबाइल एजेन्ट पुगेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखाकार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आव २०७३/७४ मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आवमा बैंकले १०० करोड खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो ।
प्रकाशित समय : १४:०७ बजे


















