गृहपृष्ठ माथिल्लो दरौंदी १ मा जनता बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन
माथिल्लो दरौंदी १ मा जनता बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन
काठमाडौं-कालिका ग्रुपअन्तर्गत डायमन्ड हाइड्रो पावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौंदी १ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।
जनता बैंक नेपालको नेतृत्वमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकको सहभागितामा १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । लगानीसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैंकका तर्फबाट जनता बैंकका काठमाडौंका क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहीबार हस्ताक्षर गरेका हुन् ।
आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने जनाएका छन् । माथिल्लो दरौंदी १ गोरखा जिल्लामा अवस्थित दरौंदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवद्र्धित चालू अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँधबाँधी १४ दशलमव ९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्वारा विद्युत् गृहमा जडित फ्रान्सिस टर्बाइनकोे माध्यमले विद्युत् उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने पनि विज्ञप्तिमा उल्लेख छ ।
परियोजना प्रतिवेदनअनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८८८ युनिट विद्युतीय ऊर्जा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताअनुसार न्यु मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिने पनि उल्लेख छ ।
प्रकाशित समय : १४:१८ बजे



















