गृहपृष्ठ यस्तो छ जोशीको शैक्षिक प्रमाणपत्र, जसले उनलाई प्रधानन्यायाधीश बन्न रोक्दैछ

यस्तो छ जोशीको शैक्षिक प्रमाणपत्र, जसले उनलाई प्रधानन्यायाधीश बन्न रोक्दैछ

यस्तो छ जोशीको शैक्षिक प्रमाणपत्र, जसले उनलाई प्रधानन्यायाधीश बन्न रोक्दैछ

 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको विषयमा विवाद आएपछि संसदीय सुनुवाइको विशेष समितिले कुनै निर्णय गर्न सकेको छैन । यससँगै सर्वाधिक विवादास्पद र पेचिलो बनेपछि उनको योग्यताको बारेमा धेरैले चासो लिएका छन् । जुन शैक्षिक प्रमाणपत्रकै कारण संसदीय सुनुवाइ भइसकेपछि पनि जोशीको निर्णयमा समिति अनिर्णीत बनिरहेको छ ।
जोशीको शैक्षिक प्रमाणपत्रदेखि जन्ममितिसम्म विवादास्पद छ । उनले विजय मेमोरियल स्कुलबाट २०२७ सालमा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट २०२९ सालमा प्रवेशिका परीक्षा दिएको समेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका थिए । उनको प्रमाणपत्रले दुईवटा विद्यालयबाट प्रवेशिका परीक्षा दिएको बोल्छ भने जोशीले एउटाबाट कक्षा १० र अर्कोबाट प्रवेशिका परीक्षा दिएको दाबी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको देखिन्छ । त्यतिबेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्काे शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ । ‘दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल र अर्को जनरल स्कुल देखाएपछि शैक्षिक प्रमाणपत्र कसरी यस्तो भयो ? यसमा पक्कै पनि केही समस्या छ,’ स्रोतले भन्यो ।

क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट २०२९ सालमा एसएलसी दिएको उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा २०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाइस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् । यसबाट जोशीको योग्यताको प्रमाणपत्र फर्जी प्रमाणित भइसकेको संसदीय सुनुवाइ समितिका सदस्यहरुले बताएका छन् ।deepak raj joshi doc-newskarobar

deepak raj joshi doc-newskarobar

deepak raj joshi doc-newskarobar

प्रकाशित समय : ०२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु