गृहपृष्ठ नेपाल बंगलादेश बैंकका ग्राहकलार्इ ब्लु क्रस अस्पतालमा सुविधा
नेपाल बंगलादेश बैंकका ग्राहकलार्इ ब्लु क्रस अस्पतालमा सुविधा
नेपाल बंगलादेश बैंकका ग्राहकले त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक र बैंकका खातावालाले ब्लु क्रस अस्पतालका विभिन्न मेडिकल स्क्रिनिङमा छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र अस्पताल व्यवस्थापन समितिका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : १९:३३ बजे


















