गृहपृष्ठ गहुँको बोरामा कपडा तस्करी

गहुँको बोरामा कपडा तस्करी

गहुँको बोरामा कपडा तस्करी

 

भारतको रक्सौलबाट नेपाल आइरहेको बि. आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगन्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करिब दुई लाख मूल्यबराबरको अवैध कपडा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा बरामद गरिएको जानकारी दिए ।

भारत मोतिहारीअन्तर्गत सिमरा स्टेसन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहुँको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए । प्रहरीले बरामद गरेको कपडा र ६ लाख मूल्यबराबरको कार आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु