काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

861
shares

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत फेला परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् । त्यस घटनाबारे बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको जनाउँदै प्रहरी उपरीक्षक खत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।