गृहपृष्ठ एनआईसी एसिया र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एसिया र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनआर्इसी एसियाका ग्राहकले जुनसुकै शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३३ शाखा, २२२ एटिएम, १४ एक्सटेन्सन काउन्टर र १५ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १९:३७ बजे


















