global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकपमा आज कुन–कुन खेल ? ‘डू अर डाई’को स्थितिमा अर्जेन्टिना

विश्वकपमा आज कुन–कुन खेल ? ‘डू अर डाई’को स्थितिमा अर्जेन्टिना

विश्वकपमा आज कुन–कुन खेल ? ‘डू अर डाई’को स्थितिमा अर्जेन्टिना

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आज ४ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुनेछ । यो खेल फिस्ट ओलम्पिक रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको पेरुका लागि यो खेलले अर्थ राक्ने छैन । तर, जितेमा अष्ट्रेलियाको सम्भावना भने जोगिने छ । यो समूहबाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ । पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित भएको थियो । यता, अष्ट्रेलिया उद्घाटन खेलमा २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १–१ को बराबरीमा रोकेको थियो ।

अघिल्लो चरणमा प्रवेश गर्न अष्ट्रेलियाले यो खेल जित्नैपर्ने हुन्छ । जितेरमात्रै हुँदैन, उसले अन्य टोलीको नतिजा पनि कुनुपर्ने छ । फ्रान्सले बराबरी खेलको खण्डमा पनि अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ । अष्ट्रेलियाको १, फ्रान्सको ६ र डेनमार्कको ४ अंक छ ।

आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह सी कै डेनमार्कले फ्रान्सको सामना गर्नेछ । यो खेल लुज्निकी रंगशाला मस्कोमा मा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
आजै राति ११ः४५ बजे सेन्ट पिटर्सबर्ग रंगशालामा समूह डी का अर्जेन्टिना र नाइजेरिया मैदान उत्रदैछन् । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोरेको थियो । ब्राजिलमा भएको अघिल्लो संस्करणको विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाले आजको खेल नजिते समूह चरणबाट घर फर्कनुपर्ने हुनसक्छ ।
त्यसैले अर्जेन्टिनाले जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजाले पनि यसको अघिल्लो यात्रा निर्धारण गर्नेछ । यो समूहमा क्रोएसियाको ६, नाइजेरियाको ३ तथा अर्जेन्टना र आइसल्याण्डको समान १–१ अंक छ । यता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन् ।

समूह डीबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ । आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा क्रोयशिया समूह विजेता बन्नेछ । अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि उसले नाइजेरियालाई हराउनुपर्नेछ । तर, आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ । त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ । यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु