global ime bank Long Banner Ad

गृहपृष्ठ रोनाल्डाेले पेनाल्टी मिस गरे पनि पोर्चुगलले खोल्यो अन्तिम १६ को ढोका

रोनाल्डाेले पेनाल्टी मिस गरे पनि पोर्चुगलले खोल्यो अन्तिम १६ को ढोका

रोनाल्डाेले पेनाल्टी मिस गरे पनि पोर्चुगलले खोल्यो अन्तिम १६ को ढोका

इरानसँग १–१ को बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा पुुगेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पेनाल्टिमा चुके पनि बराबरी गोल गर्दै पोर्चुगलले समूहको उपविजेताका रुपमा नकआउट चरणको ढोका खोलेको हो । मोडोभिया एरिना रंगशालामा सोमबार रोनाल्डोले दोश्रो हाफमा पाएको पेनाल्टिलाई गोलमा परिणत गर्न नसक्दा पोर्चुगल बराबरीमा रोकिन पुगेको हो ।

समूह ‘बी’ कै अर्को खेलमा स्पेन मोरक्कोसँग २–२ को बराबरीमा रोकिएपछि गोलअन्तरका आधारमा स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बनेका हुन् । अब प्रि क्वाटरफाइनलमा पोर्चुगलको भेट उरुग्वेसँग हुनेछ । उरुग्वे समूह ‘ए’ को विजेता हो । त्यस्तै समूह ‘बी’ को विजेता बनेको स्पेनले प्रि क्वाटरफाइनलमा आयोजक राष्ट्र रुसको सामना गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलमा पोर्चुगलका लागि रिकार्डो करेज्माले ४५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा करिम एन्सरीफार्डले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट भने जोगाए तर अन्तिम १६ मा स्थान बनाउन भने इरान असफल भयो । पोर्चुगलको डि बक्स भित्र इरानका सारदर आजमौनले गरेको हेडबल पोर्चुगलका सेड्रिकको हातमा लागेपछि इरानले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई एन्सरीफार्डले गोलमा परिणत गरिदिए ।
खेलको ५३ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पाएपनि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

इरानका मोर्टेजा पौरालीगान्जीले रोनाल्डोलाई डि बक्समा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले प्रहार गरेको पेनाल्टी इरानका गोलकिपर अलिरेजा बिरनभन्डले विफल पारिदिए । रोनाल्डो पेनाल्टीमा चुक्दा इङ्ल्याण्डका ह्यारी केनसँग बराबरी गोल गर्ने अवसर पनि गुमाएका छन् । रोनाल्डोले गोल गरेको भने पोर्चुगल समूह बिजेता बन्ने थियो । पहिलो हाफमा इरानलाई दबाबमा राखेपनि पोर्चुगलले गोल गर्न ४५ मिनेटसम्म कुर्नु परेको थियो ।

पोर्चुगलका स्टा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाएका केहि अवसरलाई सदुपयोग गर्न सकेनन् । यता पोर्चुगलविरुद्ध आक्रमक फुटबल खेलेपनि फिनिसिङमा चुक्दा इरानले गोल गर्न सकेन् । पोर्चुगलको डिफेन्सका अगाडि इरानको कुनै जोर चलेन र उसलाई गोल गर्न पेनाल्टी नै हात लाग्नुपर्यो ।

खेलमा ७३ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पार्दै इरानलाई दबाबमा राखेको पोर्चुगलका अन्य खेलाडीलाई इरानी डिफेन्डरले डी एरियाभित्र सजिले बल खेलाउन दिएनन् । पोर्चुगलले अघिल्ला दुईमध्ये एक खेलमा जित र एक खेलमा बराबरी गरेको थियो । पोर्चुगलले उद्घाटन खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो । यता इरानले उद्घाटन खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १–० ले पराजित भएको थियो ।
बराबरी गरेपनि एसियाली राष्ट्र इरान २०१८ को प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु