काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिक्षित सियारी, शिक्षित समाज अभियानमा अर्घाखाँची सिमेन्टकाे साथ

17.2K
shares

सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानमा अर्घाखाँची सिमेन्ट प्रा.लि.ले आफ्नो सहभागिता जनाएको छ । अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।
अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३ हजार ३ सय विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा’ अभियानलाई सार्थक पार्न अर्घाखाँची सिमेन्ट यस्तो सहयोग गरेको जनाएको छ ।
‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानमा सियारीका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा ‘झिकाऔँ, सिकाऔँ र टिकाऔँ’ नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको हो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थिती यस्तो सहयोग हस्तान्तरण गरिएको हो ।
सियारी गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीका लागि वर्षभरी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु विभिन्न स्कुलका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घाखाँची सिमेन्टलाई धन्यवाद दिए ।
‘अर्घाखाँची सिमेन्टको यो कार्यले यस गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरु निकै उत्साहित भएका छन्,’ उनले भने, ‘यस कार्यले निश्चय पनि सकारात्मक परिणाम दिनेछ र यस्ता कार्यहरु निरन्तर भईरहने हो भने पक्कै पनि यस गाउँपालिकाले लिएको ‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानले सार्थकता पाउनेछ ।’
‘सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने हो भने यो महाअभियान सफल हुनेमा दुईमत छैन । हामी स्थापनाकाल देखिनै स्थानीयबासीहरुका स्वास्थ्य, शिक्षा र रोजगारी, जस्ता क्षेत्रमा जोडिएर काम गरिरहेका छौँ,’ अर्घाखाँची सिमेन्टका प्रबनध निर्देशक पशुपति मुरारकाले भने, ‘जुन इच्छाशक्तिका साथ सम्माननीय प्रधानमन्त्रीले देशै शिक्षित बनाउने अठोट लिनुभएको छ, त्यसको एउटा हिस्सा भएर जोडिन पाउँदा हामी निकै गौरवान्वित भएका छौं ।’
अर्घाखाँची सिमेन्टका निर्देशक राजेश अग्रवालले पनि आउँदा दिनमा पनि सियारी गाउँपालिकासँग निरन्तर रुपमा विभिन्न सहकार्य गरी अगाडि बढ्ने कुरा व्यक्त गरे ।