काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

1.3K
shares

ai logo सारांश

  • त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ ।
  • दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले निवेदन दिएका छन् ।
  • क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत उत्तरपुस्तिका परीक्षण गराइरहेको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

उपकुलपति थापाले दीक्षान्त समारोह सात वटै प्रदेशमा फरक ढङ्गले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाइएको बताए। दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले निवेदन दिएका छन् ।

उनले आफ्नो नियुक्तिको चार महिनाभन्दा बढीको अवधिमा विश्वविद्यालयको रूपान्तरणका लागि आवश्यक नीति तथा कार्यक्रम त्रिवि सभाबाट पारित गराइसकिएको जानकारी दिए । विश्वविद्यालयले यसबीचमा अध्ययन बिदामा गएर नफर्किएका कर्मचारी तथा प्राध्यापकबाट हालसम्म २१ करोड असुल गरेको छ ।

त्रिविले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउनुका साथै समयमै परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत उत्तरपुस्तिका परीक्षण गराइरहेको छ ।