काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२५ हजार घुससहित नायबसुब्बा पक्राउ

16.28K
shares

तेह्रथुमको इलाका मालपोत कार्यालय आठराइका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाललाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले शुक्रबार पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिँदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट गएको टेलीले रंगेहात प्रकाउ गरेको हो । अख्तियार इटहरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहालकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले जानकारी दिए । कार्यालय निमित्त प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताएका छन् ।