काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इन्डोनेसिया र चीनमा भूकम्प

13.46K
shares

 

इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ । त्यसैगरी चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबारै ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

स्थानीय समायानुसार शुक्रबार बिहान ९ः३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरु पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।