काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई मन्त्री थपिए, अर्यालको बढुवा

17.05K
shares

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुत्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शेरबहादुर तामाङले राजिनामा दिएपछि रिक्त रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिएका छन् ।

कानुन मन्त्री बनेका ढकाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन् । उनी मोरङको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । बंगलादेशमा अध्ययनरत छात्राको विषयमा अभिव्यक्ति दिएका तामाङले सोही विवादका कारण मन्त्री पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा पछि ढकाललाई कानुन मन्त्री बनाइएको हो ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा रहेकी पदमा अर्याललाई प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिएका छन् । ओली सरकारमा राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा हुने अर्याल दोस्रो हुन् । यसअघि गोकुल बाँस्कोटालाई पनि राज्यमन्त्रीबाट मन्त्री बनाइएको थियो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीको शुक्रबार नै सपथ हुने कार्यक्रम रहेको छ ।

सरकार गठन भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा पदमा अर्याललाई नियुक्त गरिएको थियो । तर सरकार विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरमको भागमा परेको थियो । जसबाट फोरमका नेता मन्त्री एवं नेकपाका नेता राज्यमन्त्री बनेका थिए ।

त्यसको केही समयपछि सरकारले पदमा अर्यालको व्यवस्थापनका लागि कृषि मन्त्रालय फुटाएका थिए । कृषि मन्त्रालयमा पनि नेकपाकै चन्द्रप्रकाश खनाल मन्त्री छन् । कृषि मन्त्रालय फुटाएर बनाइएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मा अर्यालले पाएकी हुन् ।