काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश १, घरेलु हिंसाको सम्बन्धमा बनेको विधेयकमाथिको छलफल सकियो

13.02K
shares

 

प्रदेश १ सामाजिक विकास मन्त्रालयले पहिलोपटक संसदमा टेबल गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्दान्तिक छलफल शुक्रबार सकिएको छ ।

छलफलमा बोल्दै प्रदेश नम्बर १ का सांसद मोहम्मद ताहिर मियाँले मुस्लिम समुदायमा व्याप्त रहेको तलाक प्रथाका कारण पनि मुस्लिम महिलाहरु हिंसामा पर्ने गरेको बताए । मुस्लिम समुदायमा प्रचलनमा रहेको तलाक प्रथालाई कानुनले मान्यता नदिएको भए पनि सामाजिक रुपमा यसले जरा गाडेको बताउँदै उनले यस विषयमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

छलफलमा सांसदहरुले राखेका विषयको जवाफ दिँदै सामाजिक विकास मन्त्री जिवन घिमिरेले उक्त ऐन लागू भएपछि घरेलु हिंसा न्युनिकरणमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

विधेयकमा पीडितका लागि प्रत्येक स्थानीय तहमा संरक्षण अधिकृतको व्यवस्था गर्ने, पीडितको पुनःस्थापना केन्द्र स्थापना गर्ने, पीडकको सम्पत्ति पीडितलाई उपलब्ध गराउने व्यवस्था गर्ने लगायतका विषय उल्लेख छ ।

विधेयकको सैद्दान्तिक छलफलमा १७ जना सांसदहरुले भाग लिएका थिए । सांसदहरुले विधेयकको नाम परिवर्तन गर्नुपर्ने र विषयगत समितिमा लगेर अझै गहन छलफल गरिनुपर्ने माग गरेका थिए ।