global ime bank Long Banner Ad

गृहपृष्ठ उपमेयर क्रिकेट प्रतियोगितामा साइनिङ स्टार र जनज्योति विजयी

उपमेयर क्रिकेट प्रतियोगितामा साइनिङ स्टार र जनज्योति विजयी

उपमेयर क्रिकेट प्रतियोगितामा साइनिङ स्टार र जनज्योति विजयी

कोहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा साइनिङ स्टार मावि विजयी भएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा साइनिङ स्टार माविले २ रनको रोचक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको साइनिङ स्टारले निर्धारित १५ ओभरमा ९८ रन जोडेको थियो । साइनिङका लागि सुरक्षाले ३१, मोनिका रानाले २३ र सिम्रन धामीले १४ रन जोडे ।
९९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ग्रिनपिस माविका खेलाडीहरु ९६ रनमे समेटिएका थिए । ग्रिनपिसका लागि लब्ली (१७) बाहेक अरु खेलाडीहरुले
दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको वुमन अफ द म्याच साइनिङ स्टारकी खेलाडी सुरक्षा परियार घाषित भइन् ।
प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा जनज्योति मावि विजयी भएको छ । जनज्योतिले दिव्यविद्या सदन कोहलपुरलाई फराकिलो रनअन्तरले पराजित गरेको हो । पहिले ब्याटिङ गर्दै जनज्योति माविले १ सय ९५ रनको विशाल स्कोर खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्ता पाएको जनज्योतिका लागि जूना बुढामगर र समिक्षा विकले अविजित ५९ र ४५ रन जोडे भने सुहाना चन्दले ३८ रन जोडिन् ।
खेलको वुमन अफ द म्याच सर्वाधिक रन बनाउन सफल जनज्योति माविकी बुढामगर घोषित भइन् । असार ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत सोमबार बिहान सरस्वती मावि र वागेश्वरी एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लक्ष्मी मावि र सगरमाथा ज्ञानपुञ्ज प्रतिस्प्रर्धामा उत्रने आयोजकले जनाएको छ ।

प्रकाशित समय : ००:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु