काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘टीनएज’ टोलीलाई सम्मान

13.21K
shares

यही साउन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘टीनएज’ चलचित्रको टीमलाई मधेशी पत्रकार समाज नेपालले सम्मान गरेको छ ।

सोमबार मधेश मिडिया हाउसमा समाजले एक कार्यक्रमको आयोजना गरी टीनएजका सम्पूर्ण कलाकार, निर्देशक, निर्मातालगायतलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
समाजका केन्द्र अध्यक्षले पहाडदेखि मधेशसम्मका युवाको अवस्थाबारे टीनएजले कथावस्तु बनाएको भन्दै मधेशमा पनि यसले राम्रो सन्देश दिनसक्ने भन्दै टीनएज टीमलाई सम्मान गरिएको बताएका छन् ।

टीनएजका निर्देशक दिनेश पाख्रिनले विगतमा नेपाली चलचित्रहहरु मधेशमा नचल्नुको कारण मधेशको विषयवस्तु नसमेटिएको बताउँदै समग्र राष्ट्रको जनताले अपनत्व ग्रहण गर्ने खालको चलचित्र निर्माण गरिएको दाबी गरेका थिए ।

उनले हिमाल, पहाड, तराई कोही छैन पराई किताब र नारामा मात्र सीमित रहेको तर आफ्नै देश मधेशलाई विगतमा नेपाली चलचित्रले हेलाभावले प्रदर्शन गर्ने गरेको स्वीकार गरे । टीनएजका नायक मधेशी सपुत सरोज साह रहेकोले मधेशमा मन पराउने आशासमेत व्यक्त गरेका छन् ।
उनले भने, ‘चलचित्रको विशालको सम्भावना बोकेको मधेशलाई नेपाली चलचित्र जगत् बुझ्न नसकेर नेपाली चलचित्रले आफ्नो बजार फष्ट्याउन नसकेको हो ।’

मधेशी पत्रकार समाज नेपालको प्रदेश नं. ३ का अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा अध्यक्ष यादवले चलचित्र टीनएजले मधेशलगायत समग्र नेपालमा सफल व्यापार गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले चलचित्रले युवा पुस्तालाई मार्गदर्शन गराउन भूमिका खेलोस् भन्ने आशा व्यक्त गरेका थिए ।

यसैगरी, कार्यक्रममा अखिल नेपाल चलचित्रकर्मी प्रदेश २ का अध्यक्ष विजय यादव निर्विज, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रवीण चौधरी प्रतीक, युवा नेता सुवासचन्द्र साहलगायतले चलचित्रको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

चलचित्रका निर्माता हेलेन पाख्रिन र निर्मल लामा, मुख्य कलाकारहरु सरोज साह निराला, नरेश वीर सिंह, एन्जिला खड्गी, सविना राज उपाध्याय, लिगेश भट्टराई, प्रतिक्षा खड्का, अजय खड्का, सरोज शर्मा लगायतका रहेका छन् ।