काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

16K
shares

एसियाली खेलकुदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् । राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो ।

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण गर्न लागेका बताइएको हो । यसका साथै उक्त गेमको उद्घाटन र समापनका लागि आयोजना गरिने समारोहहरुमा पनि दुई देशले संयुक्त रुपमा मार्च गर्ने जनाएका पनि आयोजकहरुले बिहीबार जानकारी गराएका छन् ।

विगतका साढे छ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देश अहिले आएर नजिकिएका छन् । यसकारण पनि विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने बताइएको छ । यद्यपी यी दुई देशका तर्फबाट भने केही औपचारिक जानकारी गराइएको छैन ।
(रासस/एएफपी)