काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस भिड्दै

1.43K
shares

ai logo सारांश

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछ ।
  • प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
  • सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ ।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । आयोजकका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए ।

कर्णालीमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल तालिकाअनुसार विभिन्न खेलका प्रतिस्पर्धा अगाडि नै सुरु हुन लागेका हुन् ।

पहिलो खेलमै घरेलु मैदानमा उत्रिन लागेको कर्णाली प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल भएकाले पनि यसलाई कर्णालीको खेलकुद उत्सवको सुरुवाती आकर्षणका रूपमा हेरिएको छ ।

कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुदले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।